सागर भण्डारी चैत्र २४ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले ६ सय ७० जनालाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको रोकथामका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका दैनिक ज्यालामजदुरी गने र अति विपन्न गरिब परिवारहरुलाई राहत वितरण गरिएको हो ।
पहिलो चरणमा अहिलेसम्म नगरपालिकाको वडानम्बर ५ मा १७७ जना, वडानम्बर ६ मा १ सय ६ जना, वडा नम्बर ७ मा १ सय ५७ जना, वडानम्बर ८ मा २ सय ३० जनालाई राहत वितरण गरिएको मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।
वडा नं ७ ले पहिलो चरणको राहत वितरण गरेको र अन्य वडाको पनि गरिव परिवारको तथ्याङ्क सकंलन गर्ने काम भईसकेकाले राहत वितरणको तैयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
प्रत्येक परिवारको संख्याको आधारमा राहत वितरण गरेको र फेरि लकडाउनको अवधि थपिएमा पुनः राहतको कार्यक्रम अगाडि बढाउने नगरप्रमुख सापकोटाको भनाइ छ ।
घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने तथा ३ रोपनी भन्दा कम जग्गा भएका व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले त्यस्ता परिवारका लागि २५ केजी चामल, २ किलोग्राम दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल र २ वटा साबुन लगायतका अत्यावश्यकीय सामाग्री राहत स्वरुप उपलब्ध गराएको छ ।
नगरपालिकाको बिहिवारको बैठकले लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्नेहरु बढी प्रभावित बनेको भन्दै उनीहरुको सहज जीवन यापनका लागि राहत वितरण गर्न राहत कार्यवितरण कार्यविधि पारित गरेको छ ।
यसैबीच नगरप्रमुख सोमनाथ सापकोटाले नगर भित्र कोही पनि भोकै बस्नु नपर्ने बताउनुभएको छ । लकडाउनका कारण यतिबेला मजदुर वर्गहरु बढी प्रभावित बनेको भन्दै उनीहरु यो विषम परिस्थितिमा भोकै बस्न नपरोस भनेर नगरपालिकाले राहातका कार्यक्रमहरु अगाडी सारेको भन्दै उहाँले लकडाउनका कारण भोकै बस्ने परिस्थिति आए नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको ।