गुल्मीमा वडाध्यक्षले दिए पालिका प्रमुखहरुलाई चुनौती

गुल्मीमा वडाध्यक्षले दिए पालिका प्रमुखहरुलाई चुनौती

Badigad Online
2 Min Read

प्रेम सुनार, गुल्मी, चैत्र २३ । रचनात्मक कामका गर्नेहरुका लागि कुनै ठुलो पद वा सबै खाले पहुँच चाहिन्छ भन्ने मान्यतालाई गलत सावित गरि दिएका छन् । गुल्मीका एक वडाध्यक्षले । जिल्लाको रेसुङ्घा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्नबाट रोक्ने ईन्फेक्शन केमिकल जिल्लामा पहिलो पटक आफ्नो वडाका सडकमा छरेर त्यस्तो मान्यतालाई गलत सावित मात्रै गरेनन् , १२ वटै स्थानीय तहका प्रमुखहरुलाई चुनौती समेत दिएका छन् ।

आईतवार साँझ वडा नम्वर ८ का सडकहरुमा नेपाली सेनाका दर्जनौं सैनिकहरुले ट्रकमा राखिएको स्प्रे मार्फत उक्त केमिकल सडकहरुमा छरेको देख्दा स्थानीयवासी टिभीमा त देखेका थियौं आज प्रत्यक्ष आफ्नै टोलमा छरेको देखियो भनेर खुशी प्रकट गर्दै थिए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्ला अस्पतालका लागि उक्त किटनासक औषधी एक संस्थाले दुई दिन अघि हस्तान्तरण गरेको भए पनि सार्वजानिक स्थानमा जिल्लमा पहिलो पटक रेसुङ्घा नगरपालिका वडा नम्वर ८ ले छर्केको बताए । त्यहाँको वडाध्यक्षले म संग स्वीकृत लिएर सेनाको जनशक्ति र साधन मार्फत सडकमा किटनासक औषधी छर्किएको उनले जानकारी दिए ।

नेपाली सेना सत्रुमर्दन गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी भुपेन्द्र गुरुङ्घले दमकल समेतको प्रयोग गरि एक हजार लिटरको ड्रममा रहेको किटनासक औषधी बाख्रेछेंडा हुँदै वडा नम्वर ८ को सबै भित्रि सडक देखि पुतलीबजार चोक सम्मको सडकमा छर्किएको जानकारी दिए ।

वडाध्यक्ष भरत भलामी संग कहाँबाट कसरी मगाउनु भयो ? भन्ने जिज्ञाषा राख्दा उनले कुनै पनि सरकारी निकायबाट नभई भैरहवास्थित एक जना साथीको सहयोगमा झिकाईएको जानकारी दिए ।

‘मेरो वडामा मात्र नभई तम्घास बजार भित्रका अन्य वडाहरुमा पनि उपलब्ध गराउन चाहन्छु , वडाध्यक्षहरुलाई भनेको पनि छु तर उहाँहरुले रुची राख्नु भएको छैन, यस्तो बेला किटनासक औषधीको महत्व नबुझेर हो वा झण्झट ब्यहोर्न नचाहेर हो थाह भएन’– वडाध्यक्ष भलामीले भने ।

रेसुङ्घा नगरपालिका वडा नम्वर ८ मा उक्त किटनासक औषधी पठाउने साथी र रातको समयमा सडकमा खटेर छर्किन सहयोग पुराउने नेपाली सेना, सत्रुमर्दन गुल्मले पुराएको सहयोग प्रति उनले कृतज्ञता जाहेर गरे । वडाध्यक्ष भलामी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधी हुन् । उनी नेपाल तरुणदल गुल्मी जिल्ला संगठनको अध्यक्ष समेत रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित