कोरोना रोकथाममा खटिने स्वयंसेविकालाई १५ सय भत्ता

कोरोना रोकथाममा खटिने स्वयंसेविकालाई १५ सय भत्ता

Badigad Online
1 Min Read

काठमाडौं चैत्र २४ । सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वयम्सेविकालाई एकपटक खटिएवापत् १५ सय भत्ता उपलब्ध गराउने भएको छ ।

नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांक छ । यसअघि उनीहरूलाई भिटामिन ए, पोलियो थोपा खुवाउन वडा नै पिच्छे खटाउँदै आएको थियो ।

आइतबार बसेको कोरोना सङ्क्रमण रोकथा तथा नियन्त्रण उच्चस्तरीय समितिले उनीहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो चरणमा क्वारेन्टाइनमा बस्नुपर्ने मानिसहरू बसेनबसेको, नियम पालना गरेनगरेको अनुगमन गर्ने महिला स्वयम्सेविका परिचालन गरिने सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । बाह्रखरीले समाचार लेखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित