मुसिकोट नगरपालिकाका २ जनाको स्वाव सकंलनका लागि पठाईयो

मुसिकोट नगरपालिकाका २ जनाको स्वाव सकंलनका लागि पठाईयो

Badigad Online
1 Min Read

विष्णु प्रसाद आचार्य, चैत्र २४ गुल्मी । मुसिकोट नगरपालिकामा कोरोना सक्रंमित युवतीसगैं आएका २ जनालाई स्वाव सकंलनका लागि पठाईएको छ ।

गत चैत्र ४ गते कोरोना सक्रंमित युवतीसगैं एउटै जहाजमा आएका भनिएका मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाका एक जना र वडा नं ४ वडागाउँका १ जनाको स्वाव सकंलनका लागि जिल्ला अस्पताल गुल्मी पठाईएको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकामा कोरोना सक्रंमित युवतीसगैं आएका भनिएका ४ जनामध्ये २ जना नगरपालिका भित्रै रहेको र उनीहरुको सम्भावित कुनै लक्षण नदेखिएको भएपनि पूर्व सतर्कता स्वरुव आज स्वाव सकंलनका लागि तम्घास पठाईएको उहाँले जानकारी दिनुभयो । उनीहरुको आज जिल्ला अस्पतालमा स्वाव सकंलन हुने र भोलि स्वाव परिक्षणका लागि लुम्बीनी प्रादेशिक अस्पताल बुटबलमा पठाईने उहाँले बताउनुभयो ।

उनीहरुका कोरोनासगं मिल्दो जुल्दो कुनै लक्षण नदेखिएको भएपनि होम क्वारेन्टाईन मै रहेका उनीहरुको निगरानी गरिएको थियो । उनीहरुको आएको २ हप्ता वितिसक्दा सतर्कताका लागि स्वाव परिक्षण गरि बुटबल पठाउने तैयारी भईरहेको उहाँको भनाई छ ।

उनीहरु नेपालको पहिलो कोरोना सक्रंमित युवतीसगं कतार ऐयरवेजमा सगैं आएका थिए । नगरपालिकामा ४ जना आएको भएपनि २ जना भने काठमाण्डौमा सुरक्षित रहेका छन् । उनीहरु पनि होम क्वारेन्टाईनमा बसिरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित