सागर भण्डारी, चैत्र २४ बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकाले बजार अनुगमन गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लकडाउनको घोषणा गरेसगैं अन्य पसल व्यवसायहरु बन्द रहेपनि खाद्यान्नका पसलहरु सञ्चालन भईरहेको अवस्थामा कालोबजारी हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गरेर बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष अमर श्रीसले जानकारी दिनुभएको छ ।
लकडाउनको मौका छोपी बजार मूल्य भन्दा बढीमा सामान बेच्न सक्ने तथा गुणस्तरहीन सामान बेच्न सक्ने भएकाले गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका खाद्यान्नका पसलहरुको अनुगमन गरिएको उहाँले बताउनुभयो ।
साथै गाउँपालिकाका खाद्यान्न व्यापारीहरुसगं रहेको खाद्य स्टकको चेकजाँच गरी कम्तिमा ३ महिनाका लागि अपुग खाद्य सामाग्री भएमा गाउँपालिकाले ढुवानीमा सहजीकरण गर्नका लागि पनि अनुगमन गरिएको बताईएको छ । अनुगमनको क्रममा पसलहरुलाई अनिवार्य रुपमा मूल्य सुची राख्न आग्रह गरिएको मूल्य सुची भन्दा बढीमा सामाग्री बेच्ने नगरेको र गुणस्तरीय सामान नै रहेको पाईएको गाउँपालिकाका शिक्षा प्रशासन सहायक कुलराज घिमिरेले जानकारी दिनुभएको छ ।
सोमबार १२ वटा पसलमा गरिएको अनुगमनमा प्राय पसलहरुमा खाद्य स्टक रहेको पाईएको उहाँले बताउनुभयो । साथै उक्त अवसरमा यो विषम परिस्थितिमा गाउँपालिकाले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।
लकडाउन अझै लम्बिएसगै खाद्यान्न ढुवानीका लागि यातायातका साधनहरु च्लिरहेको र पूर्व तैयारी भएर बस्न पनि आग्रह गरिएको थियो । गाउँपालिका उपाध्यक्ष अमर श्रीसको सयोंजकत्वमा गरिएको अनुगमनमा गाउँपालिकाका शिक्षा प्रशासन सहयाक कुलराज घिमिरे, सव ईन्जिनियर धिरण रोका मगर लगायतको उपस्थिति रहेको थियो ।