बडिगाडमा रुखबाट लडेर एक जना घाइते

बडिगाडमा रुखबाट लडेर एक जना घाइते

Badigad Online
1 Min Read

अनिष पाठक,खर्वाङ, चैत्र २४ । बडिगाड गाँउपालिका वडा नं. २ दनियामा रुखबाट लडेर एक जना घाइते भएका छन ।

सोमबार दिउसो बाख्र्रा चराउने र अचारकालागि कौरालको फुट टिप्ने क्रममा बडिगाड २ को कोल भन्ने स्थानमा ३४ वर्षिय खिम बहादुर राना लडेका हुन । रुखबाट लडेका उनि सोहि स्थानमा बेहोस भएको र होस खुलेपछी करिब साढे ४ बजेको समयमा आफै घर आएको पारिवारीक स्रोतले जनाएको छ ।

बाहिरी चोट खासै नदेखिएता पनि भित्रि चोट बढी देखिएपछि वडा अध्यक्ष ढाल प्रसाद शेरचनकाको पहलमा एम्बुलेन्स झिकाइ थप उपचारकोलागि करिब साढे ८ बजे पाल्पा पठाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित