सागर भण्डारी,चैत्र २५ गुल्मी । मुसिकोट नगरपालिका सहित अन्य प्रदेशसगं सिमाना जोडिएका प्रदेश ५ का स्थानीय तहका प्रमुखसगं प्रदेश ५ का मुख्यमन्त्री शकंर पोखरेलले भिडियो सवांद गर्नुभएको छ ।
प्रदेश ५ सगं सिमाना गाँसिएका अन्य प्रदेशमा कोरोना सक्रंमणको अवस्था सगैं प्रदेश ५ ले अपनाउनु पर्ने सावधानी र कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहले गरेका प्रयासका बारेमा जानकारी लिने उद्धेश्यले भिडियो सवांद गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र भारतसगं सिमा जोडिएको मुसिकोट नगरपालिकासगैं अन्य प्रदेशसगं सिमा जोडिएका वर्दघाट नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, लुम्बीनी सांस्कृतिक नगरपालिका र बगनासकाली गाउँपालिका गरी ६ वटा नगरपालिकाहरुसगं मुख्य मन्त्रीले भिडियो सवांद गर्नुभएको थियो ।
सवांदमा मुख्यमन्त्री पोखरेलले हालसम्म सिमानाकामा भएका स्थानीय तहले गरेका कामकारबाहीका बारेमा जानकारी लिँदै अबका दिनमा थप व्यवस्थित र कडाई गर्न आग्रह गर्नुभएको थियो । गण्डकी प्रदेशमा कोरोनाको सक्रंमण देखिएसगैं उक्त प्रदेशसगं सिमा जोडिएका स्थानीय तहहरुले थप सचेतता अपनाउन आग्रह गर्नुभएको मुसिकोट नगरप्रमुख सापकोटाले जानकारी दिनुभएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीज्यूले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्ग्निर्देश गर्नुभयो । पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभएको थियोे । उहाँहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह समेत गर्नुभयो ।
स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहात प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो । साथै उहाँले अहिलेको विषम परिस्थितिमा जनताले दिर्घकालसम्म स्मरण गर्ने गरी ऐतिहासिक काम गर्न पनि स्थानीय तहका प्रमुखहरु सगं आग्रह गर्नुभएको थियो ।
मुख्यमन्त्री पोखरेलले रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुँबाली केन्द्रको पछाडि स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परिक्षण सुरु भएको जानकारी गराउँदै , बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेको जानकारी गराउनुभएको मुसिकोट नरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गर्नुभयो । सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उहाँले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताउनुभयो । भिडियो सवांदमा मुख्यमन्त्रीले सचेत भएर नागरिकको स्वास्थ्यमा सजग भएर काम गर्न आग्रह गर्नुभएको थियो ।