ऐजेन्सी चैत्र २५ । भारतमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ ।
भारतमा कोभिडका कारण अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमले लेखेका छन् । महाराष्ट्रमा हिजो एकै दिन एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ ।
Badigad Online