हुकाकान्त पोखरेल,चैत्र २५ गुल्मी । गुल्मी जिल्लाको धुर्काेट गाँउपालिकाले एक वडाबाट अर्काे वडामा जान प्रतिबन्ध लगाएको छ ।
मबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणबाट वच्न गाँउपालिका भित्र रहेका एक वडाबाट अर्काे वडामा जान नपाइने गरि नियम बनाईएको हो ।
दैनिक कृषि कर्म, खाद्यान्न लगायतका अत्यावश्यकीय काममा मात्र अन्य वडामा जान पाईने गाँउपालिकाले जनाएको छ । तर त्यसरी जानुपरे अनिवार्य रूपमा गाँउपालिका वा वडाको अनुमति लिनु पर्ने बताईएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने भरपर्दो उपाय अनुशासित भई लकडाउनको पालना गर्नु भएकोले यस्तो निर्णय गरिएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । प्रत्येक वडामा अधिकारसहित खटाइएका स्वयंसेवकमार्फत नागरिकको निगरानी गरिनेछ ।
सरकारले एक हप्ता लकडाउन लम्बाउने निर्णय गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन गराउने केही दायित्व स्थानीय तहमा थियो । सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ । तर धुर्काेटले वडाबाट बाहिर जान नपाइने गरि नियम बनाएको छ । साथै बैठकले कोरोना संक्रमित मुलुकबाट आउने नागरिकहरू अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने समेत निर्णय गरेको छ । यदि उक्त निर्णयको कहि कतैबाट उल्लघंन भएमा कडा कारवाहि गरिने गाँउपालिकाले जनाएको छ ।