प्रेम सुनार गुल्मी, चैत्र २५ । सरकारको लकडाउनका कारण छाक अट्किने अवस्थमा पुगेका विपन्न परिवारका मजदुरहरुलाई गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्य सोमवार सम्पन्न गरेको छ ।
शुक्रवार देखि सुरु गरिएको राहत वितरण कार्य सोमवार वडा नम्वर ८ का वासीन्दालाई वितरण गरेर सम्पन्न गरिएको हो । रेसुङ्गानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले प्रारम्भिक चरणमा नगरपालिकाका १४ वटै वडामा कुल १ हजार ४ सय ९१ प्रिवारका ५ हजार ६ सय ६३ जनालाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
छुटेका सहित करिव ६ हजार जना पुग्ने आंकलन छ गरिएको छ । मरासीनीका अनुसार १९ हजार ९ सय ८० किलो चामल वितरण गरिएको छ । १ हजार ६ सय ५९ किलो दाल वितरण गरिएको छ । ८ सय ५७ लिटर खाने तेल र १ हजार ४ सय ५१ किलो नुन वितरण गरिएको बताईएको छ । प्रमुख प्रशासकिय अधिकृत मरासीनीले उक्त खाद्य सामग्री १२ लाख रुपैयामा खरिद गरिएको बताउनु भयो ।
मेयर डिल्लीराज भुसालले लकडाउन लम्बिदै गएकोले दोश्रो चरणको राहत वितरणका लागि केहि दिन मै बैठक बसरे निर्णय गरिने जानकारी दिनुभयो । सदरमुकामको नगरपालिका भएकोले बाहिरबाट आउने मजदुरहरुको संख्या बढि भएको हुँदा कसैलाई पनि भोकै बस्न नपर्ने गरि नगरपालिकाले राहत वितरण गर्ने र पहिलो चरणमा छुट भएकाहरुलाई क्रमशः उपलब्ध गराउदै जाने उहाँको भनाई थियो ।
अनुगमन समितिकी संयोजक समेत रहेकी उपमेयर सिता भण्डारीले सबै वडामा पुगेर राहत वितरणको अनुगमन गरिएको, सबैमा वास्तविक विपन्न लाभग्राही पाईएको बताउनुभयो । सोमवार वडा नम्वर ८ मा १ सय ५९ परिवारका साढे ६ सय जना मजदुरहरुलाई राहत वितरण गरिएको त्यहाँका वडाध्यक्ष भरत भलामीले जानकारी दिनु भयो ।