बाग्लुङ चैब २५ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ ले पश्चिम बागलुङमा स्वास्थ्य सामग्रीहरु वितरण सुरु गरिएको छ ।
क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको नेतृत्वमा स्थानीय, स्वास्थ्य संस्था, प्रशासन, प्रहरीलाई विभिन्न सामग्री वितरण सुरु गरेको हो ।
ढोरपाटन नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्दमा ५०, जीवन, सावुन, ग्लोबस, सेनिटाइजर लगायतका सामग्री वितरण गरेको क्षेत्रीय सभापति कुँवरले बताउनुभयो ।
पार्टीले जनताको सेवामा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षाको लागि राहत सामग्री हस्तान्तरण गर्न लागेको कुँवरको भनाई छ ।
पार्टीले क्षेत्र नम्बर २ दुई नगरपालिका, ४ गाउँपालिका, चार प्रहरी कार्यालय र ४८ वडामा पर्ने स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने सभापती कुवँरले जानकारी दिनुभयो । बाग्लुङ पोष्टबाट