बाग्लुङ चैत्र २५ । कोरोना संक्रमण (कोविड १९) को विश्व महामारीका कारण सरकारले, थप ८ दिनका लागि लकडाउन थप गरेको छ । यस अवधिमा जिल्ला प्रशासन कार्यालय बागलुङले, बजार क्षेत्रमा मात्र नभइ अव ग्रामीण क्षेत्रमा समेत कडाई गर्ने जनाएको छ ।
यसैबीच जिल्लाको पश्चिक क्षेत्रका ग्रामीण क्षेत्रमा समेत सुरक्षाकर्मीहरु गस्ती गर्ने, लकडाउनको पूर्ण पालना गर्न गराउन नागरिकलाई आग्रह गर्ने, बैदेसिक रोजगारीबाट आएकाहरुलाई अनिवार्य घरमा बस्न आग्रह गर्ने, अनावश्यक कामले भिभाड नगर्ने, कुनै समस्या परेको खण्डमा स्थानीय सरकारका प्रतिनिधि वा स्वास्थ्यकर्मीलाई जानाकारी गराउने विषय सुझाउँदै छ । बजार क्षेत्रमा अहिले लकडाउनको पालना गराउन सुरक्षाकर्मीहरु दैनिकरुपमा खटिएका देखिन्छन् ।
ग्रामीण क्षेत्रमा समस्या देखिएको जनगुनासो आएपछि, इलाका प्रहरी कार्यालय बुर्तिबाङको टिम समेत गाउँ गाउँमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरक्षिक प्रकाश शिंह भण्डारीले बताउनुभयो । गाउँ गाउँमा मान्छेहरुको अनावश्यक भिडभाड हुने, खानपान लगायतमा जम्मा हुने, बैदेसिक रोजगारीबाट आएकाहरु घरबाहिर खुलेआम हिंड्ने गरेको कुरा सुरक्षा निकायलाई आएको छ, त्यस्ता ठाउँमा हामीले गस्ती बढाएका छौं, प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो, हामीले आग्रह अनुरोध गर्ने हो, संझाउने हो, अटेरी गर्ने र राज्यको घोषणा नमान्ने भेटिएमा कानुनी प्रक्रिया समेत अपनाउँछौं । गाउँ गाउँमा प्रहरी र आवश्कताका आधारमा नेपाली सेना समेत खटिएको उहाँले बताउनुभयो ।
सबैलाई आफ्नो घरमै बसेर महामारीबाट बचौं, अरुलाई पनि बचाऔं, सुरक्षा निकायको यही सन्देश रहेको बताउँदै भण्डारीले, घर बाहिर हामी छौं, तपाई घर भित्रै बसिदिनुस भनेर भनिरहेको बताउनुभयो । विश्व नै त्रसिद बनाएको बेला सानो लाहप्रवाहीले भोली ठूलो जटिलता आउन सक्छ, त्यसकारण सरकारले आदेश गरेको लकडाउन अवधिमा घरमै सुरक्षित बस्न प्रहरी तथा सुरक्षा निकायको आम नागरिकमा आग्रह अनुरोध रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभएको छ ।
पश्चिम बागलुङको न्वार देखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका क्षेत्र हेर्नुपर्छ, जनशक्ति कम भएपनि, नेपाली सेना, शसस्त्र प्रहरी फोर्स र जनपथ प्रहरी यतिवेला ग्रामीण क्षेत्रमा खटिएको भण्डारीले जानकारी दिनुभएको छ । सबै क्षेत्रमा सुरक्षा निकायको अनुगमन, निरीक्षण र गस्ती परिचालित रहेको उहाँले बताउनुभयो । विषेश गरी एक स्थानीय पालिकादेखि अर्को पालिकासम्म जानका लागि समेत रोक लगाइएको अवस्थामा यसलाई समेत पूर्ण पालना गर्न गराउन नागरिकलाई आग्रह गरिएको बताउँदै प्रहरी निरीक्षक भण्डारीले, अन्य जिल्ला तथा पालिकाका सीमा नाकाहरुमा सकेत प्रहरी तैनाथ रहेको उहाँले बताउनुभयो ।
रेडियो परिवर्तन बुर्तिबाङको सहयोगमा