मुसिकोट ९ अर्लाङ्कोटले १७१ घरधुरीमा राहत वितरण गर्यो

मुसिकोट ९ अर्लाङ्कोटले १७१ घरधुरीमा राहत वितरण गर्यो

Badigad Online
2 Min Read

कालिदास खरेल,चैत्र २५ गुल्मी । मुसिकोट नगरपालिका वडा ९ अर्लाङ्कोट गुल्मी पहिलो चरणमा सोमबार र मगंलबार गरी १ सय ७१ घरधुरीलाई राहत वितरण गरेको छ । राहत वितरण सहज होस भन्नका लागि यस वडाको डाँसिकोटको डुलाचौर अर्लाङकोटको वडा कार्यालय अगाडी मौरीभिर, ददल्काको देउराली र माझगाउँ त्यस्तै दानसिङ र पाणथोकबाट वितरण गर्ने व्यवस्था मिलाईएको थियो ।

घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने तथा ३ रोपनी भन्दा कम जग्गा भएका व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गरिएको वडाध्यक्ष नरेशराज खरेलले जानकारी दिनुभएको छ ।त्यस्ता परिवारका लागि २५ केजी चामल, २ किलोग्राम दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल र २ वटा साबुन लगायतका अत्यावश्यकीय सामाग्री राहत स्वरुप उपलब्ध गराएको छ ।

राहत वितरण कार्यक्रममा जनप्रतिनिधिहरु धन बहादुर खत्री, रेनुका सापकोटा, शकंर परियार र फुलमाया वि.क, नेकपा वडा कमिटी अध्यक्ष खड्क बहादुर खत्री, नेपाली काँगे्रसका अध्यक्ष टिकाराम सापकोटा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भानुभक्त खरेल, बुद्धिजिवी कालिदास खरेल, वडा सचिव सुवास सुनुवार, पत्रकार राम कृष्ण कडेंल र वडा नं ९ का पशु प्राविधिक तारा बहादुर कडेंलको उपस्थितिमा वितरण गरिएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित