चैत्र २५ बाग्लुङ । बाग्लुङमा पुन ८ जनाको स्वाव सकंलन गरिएको छ । भारत लगायतका अन्य तेस्रो मुलकबाट आएका र हाल क्वारेन्टाईनमा रहेको उनीहरुको स्वाव सकंलन गरिएको हो । बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित २ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङ गाउँपालिका वडा नम्बर ३ नयाँ बजारको जनता प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नम्बर २ को सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरेको हो ।
कैलालीका कोरोनाको संक्रमण युवासँगै नेपाल भारत सिमाको गौरीफन्टा नाका हुँदै आएका ४ जना, अन्य नाकाबाट आएका २ जना र उनीहरुलाई लिन गएका २ जना गरि ८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
उनीहरुको स्वाब परिक्षणको लागि बुधबार पोखरा पठाइने उहाँको भनाई छ । उनीहरुलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।