संकटको समयमा सरकार जिम्मेवार नभएको काँग्रसको आरोप

संकटको समयमा सरकार जिम्मेवार नभएको काँग्रसको आरोप

Badigad Online
1 Min Read

काठमाण्डौ चैत्र २५ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संकटका बेला सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नु पर्ने बेलामा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

काँग्रेसको आज बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले आफूले राष्ट्रिय सहमतिका लागि पहल गरे पनि प्रधानमन्त्री केपी ओलीले सहमतिका साथ अघि बढ्ने तत्परता नदेखाएको बताउनुभयो । कोभिड—१९ संक्रमणबाट मुलुक र जनतालाई बचाउन सरकार आफैले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्नुपर्दथ्र्यो तर त्यसो नभएको भन्दै सभापति देउवाले असन्तुष्टि जनाउनुभयो ।

उहाँले बरु आफैले पूर्व प्रधानमन्त्रीहरुसग छलफल गरेर प्रयास गरेको तर सरकारका तर्फबाट सहमतिको प्रयास नभएको बताउनुभएको थियो । स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अहिलेसम्म पनि उपलव्ध भइनसक्नु लज्जाको विषय रहेको काँग्रेसले जनाएको छ ।

सरकारले स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था गराउन नसक्दा अन्य बिरामीले समेत अस्प्तालमा उपचार पाउन छाडेको भन्दै यस्तो स्थितिको चाँडो अन्त्य गर्न बैठकले माग गरेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । संसद् अधिवेशनसमेत प्रमुख प्रतिपक्ष दलको परामर्श समेत नलिई सरकारले एकलौटी रुपमा अन्त्य गरिएको प्रति काँग्रेसले असन्तुष्टि प्रकट गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित