बडीगाड २ मा एक एक टोलबाट अर्को टोलमा जान प्रतिबन्ध

बडीगाड २ मा एक एक टोलबाट अर्को टोलमा जान प्रतिबन्ध

Badigad Online
2 Min Read

कमल पौडेल २६ चैत्र, गुल्मी । बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङमा सर्वदलिय, सर्व पक्षिय बैठक जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।

सो वैठकले वडाभित्र एक टोलवाट अर्कोटोलमा हिडडुल गर्न प्रतिवन्ध लगाउने, भलिवल लगाएत कुनैपनि खेलहरु खेल्न प्रतिवन्ध लगाउने, विवाह, व्रतवन्ध लगाएतका मानिसहरुको जमघटहुने कामहरु पनि तत्काललाई रोक लगाउने, घरपालुवा पशुपंछिहरु कुकुर विराला लगाएत नियन्त्रणमा राख्नुपर्ने, एक घरवाट अर्को घरमा जान रोक लगाउने, वडा भन्दा वाहिरवाट आउने जो कसैलाई १४ दिन अनिवार्य क्वारेन्टीनमा राख्ने, लकडाउन उल्लंघन गरे १ हजार जरिवाना गर्ने लगाएतका निर्णय गरेको छ।

त्यस्तै राहत वितरण तथा लकडाउनको अनुगमन गर्न वडा अध्यक्ष ढाल प्रसाद शेरचनको संयोजकत्वमा सर्वपक्षिय समिति गठन गरिएको छ। सो समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खगिश्वर अर्याल, नेपाली काग्रेसका डालेश्वर भुसाल, राष्ट्रिय जनमोर्चाका प्रेम पुन, पत्रकार कमल पौडेल, वडा सदस्यहरु हिमा खरेल, सुर्य बहादुर अधिकारी, गोम बहादुर राना, जमुना विक, नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङका सभापति होमनाथ अर्याल र खर्वाङ बजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेल रहनुभएको छ।

सो बैठकमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुनिल शेरचन, खगिश्वर अर्याल, नेपाली काग्रेसका डालेश्वर भुसाल, क्या.गन बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका दुर्गा अर्याल, प्रेम पुन, पत्रकार कमल पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङका सभापति होमनाथ अर्याल, त्रिभुवन माविका प्रेम खरेल, वडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापा, प्रहरी चौकी खर्वाङका इन्चार्ज गुरु प्रसाद न्यौपाने, मिलन कृषि व्यवसायीक सहकारीका महलाल पौडेल, वजार व्यवस्थापन समितिका अध्यक्ष टंक भुजेल लगाएतले बोल्नुभएको थियो।

बैठकमा स्थानिय क्लवका प्रतिनिधि, सहकारी कर्मि, स्वास्थ्यकर्मि, स्वयंसेविका लगाएतको सहभागिता रहेको थियो।वैठक वडा अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता तथा वडा सचिव योग कुमारी वि.क.को सञ्चालनमा सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित