गोकर्ण विष्टले पठाए गुह जिल्लामा स्वास्थ्य सामाग्री

गोकर्ण विष्टले पठाए गुह जिल्लामा स्वास्थ्य सामाग्री

Badigad Online
2 Min Read

गुल्मी चैत्र २६ । पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सङ्घीय सांसद गोकर्ण विष्टको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री आउने भएको छ । विष्टको पहलमा स्वास्थ्यकर्मीलाई अति आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र अन्य स्वास्थ्य सामग्री काठमाण्डौबाट पठाइएको छ ।

पठाइएका सामग्री गुल्मीका १२ वटा पालिकामा रहेका स्वास्थ संस्था र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई वितरण हुने सांसद विष्टले बताउनुभयो । काठमाण्डौमा जोहो गरेर पठाएको स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाको साथै आत्मबल बढ्ने पनि उहाँको भनाइ छ ।

आत्म अनुशासनमा बस्न सवैलाई आग्रह
उनले गुल्मेली जनताहरुलाई आत्मअनुशासन मार्फत घरमै बसेर कोरोना संक्रमणबाट आफु, आफ्नो परिवार र समुदायलाई क्षति हुनबाट बचाउन आग्रह गरे । नेता बिष्टले प्रतिकुल परिस्थतीको चपेटामा सवैभन्दा पहिला बिपन्न एवं असाहय परिवार पर्ने भएकाले राहत बितरणमा बिलम्ब नगर्न र पारदर्शी हिसावले न्यायोचित तरिकाले वितरण गर्न सम्पूर्ण स्थानीय तहलाई अनुरोध गरे । साथै यो बिषम परिस्थितिमा आत्मवल उच्च बनाएर स्वास्थ्य सेवामा खटिन सम्पूर्ण स्वास्थ्यकर्मीलाई आग्रह गरे । राहत वितरणमा बिष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सहयोग गरिरहेको छ ।

स्वास्थ्य सामग्रीको चरम संकटका बेला पनि गुल्मी क्षेत्र नं २ का विभिन्न स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पुर्व मन्त्री गोकर्ण बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए । उनले आफू लगायत बुद्धि जिसी, बिमल घिमिरे, लिला खरेल, सुशिल कुमार भट्राई, डिपि पोख्रेल, खिमराज अधिकारी मदन खनाल र भुवन केसी लगायतका नेकपाका नेताहरु काठमाण्डौमा निरन्तर समन्वय गरेर जिल्लाको अभावमा निरन्तर लागेको बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित