पोखरा चैत्र २६ । गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका ११ वटै जिल्लालाई आर्थिक सहयोग गर्ने भएको छ । सोमबार बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को बैठकले १ करोड ४५ लाख रुपैयाँ सहयोग दिने गरी रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मनाङ र मुस्ताङ जिल्लालाई ५ ५ लाखको दरले सहयोग गर्ने र बाँकी नौ जिल्लामा १५ लाखको दरले सहयोग गरिने गरी निर्णय भएको बताउनुभयो । उहाँका अनुसार विनियोजन गरिएको उक्त रकम सबै जिल्ला प्रशासन कार्यालयमा दिइने छ ।
यसभन्दा पहिला बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरस नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि गण्डकी प्रदेश अन्तर्गतका ८५ वटै स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यले ६ करोड ५० लाख छुटाएको छ ।
Badigad Online