कोरोना आशकांमा बागलुङका १० जनाको स्वाब परिक्षणका लागि पठाईयो

कोरोना आशकांमा बागलुङका १० जनाको स्वाब परिक्षणका लागि पठाईयो

Badigad Online
2 Min Read

चैत्र २६ बाग्लुङ । बाग्लुङका १० जनाको स्वाव परिक्षणका लागि पोखरा पठाईएको छ । बरेङका ८ जना र बागलुङ बजारका दुई जनाको स्वाब परिक्षण्को लागि पोखरा पठाइएको हो ।

बरेङमा कैलालीका कोरोना संक्रमित युवासँगै नेपाल भारत सिमा नाका गौरीफन्टा हुँदै आएका ४ जना, सुनवल नाकाबाट आएका २ जना, उनीहरुलाई दिन गएका २ जना र बागलुङमा संक्रमित दुई जनाको स्वाब परिक्षण्को लागि पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङ निमित्त सुपरीटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुको पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा स्वाब परिक्षण हुने उहाँको भनाई छ । उनीहरुको स्वाब परिक्षणको परिपोर्ट बिहिबार आउने पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै गुल्मीमा पहिलो पटक कोरोना आशंकामा पाँच जना व्यक्तिको स्वाब परिक्षण थालिएको छ । मुसिकोट नगरपालिका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको स्वाब संकलन गरेर भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताउनुभयो । उनीहरु गत चैत्र ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवेयजको विमानबाट नेपाल आएका थिए ।

पच्याले प्रयोगशालामा नमुना संकलनको चाप हेरेर ४२ देखि ७२ घण्टामा उनीहरुको रिर्पोट आउने बताउनुभयो । रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेको पच्याले बताउनुभयो । जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कामहरु प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा संकट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ ।

केन्द्रमा जिल्ला समन्वय अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी र सदरमुकाममा रहेका सरकारी अस्पताल प्रमुख सदस्य रहेका छन् । त्यस्तै संकास्पद बिरामीहरुलाई तत्काल अस्पतालसम्म पुराउन गुल्मी अस्पतालका डाक्टर कविराज भुसालको संयोजकत्वमा (पिआरटी) टोली गठन गरिएको छ । त्यो टोलीमा बिरभद्र जंग गुल्मको प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधी, स्वास्थ्य कार्यालयको प्रतिनिधी र सशस्त्र प्रहरी बल गुल्मका प्रतिनिधी सदस्य रहने व्यावस्था गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित