बागलुङमा भोलीदेखि कोरोनाको र्यापिड टेष्ट

बागलुङमा भोलीदेखि कोरोनाको र्यापिड टेष्ट

Badigad Online
1 Min Read

चैत्र २६ बाग्लुङ । नेपाल सरकारले जिल्लामा जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षर्ण र्यापिड टेष्ट गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्यकर्मीको टोली बागलुङ आइपुगेको छ । टेष्टका लागि ढिलाई भईरहेका भन्ने खबर आएसगैं भोलिबाट सुरु हुने भएको छ ।

मन्त्रालयमा कार्यरत बरिष्ठ ल्याब टेििक्नसयन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधवार साँझ केहीबेर अघि मात्रै धौलागिरी अञ्चल अस्पताल आएको छ । स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा १ हजार जनाको दुर्त परीक्षण गर्ने किट सहित आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

टोलीले बिहिवार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई केहि जानकारी दिए पश्चात परीक्षण शुरु गर्ने तयारी छ । सरकारले जिल्लामा रहेका दुई संक्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय बढिको परीक्षण गर्ने गरी शनिवार बागलुङर्मा यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) र्को यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मास स्केलमा टेस्ट गरिने सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन यसो गर्न जरुरी भएको र शंकामा भएका व्यक्तिको टेष्ट गरिने उहाँको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित