काठमाडौं चैत्र २७ । नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामा बसिरहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेविसंघका अध्यक्ष राजीव ढुगांनाद्धारा जारि प्रेस विज्ञप्तिमा देशभरि अध्ययनका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गरिएको छ ।
विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई समते त्यहाँस्थित नेपाली दुतावास मार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै ढुगांनाले अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ भन्ने भावनाको प्रत्याभूत गराउन ध्यानाकर्षण गराउनुभएको छ ।
देश–विदेशमा रहेका रहेका नेविसंघ मातहतका ईकाईहरु तथा नेपाल विद्यार्थी संघमा आबद्ध साथीहरुलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थीहरु र सम्पूर्ण जनसमुदायको दुखमा आवश्यक साथ सहयोग गरी तथा आवश्यक परेकालाई आफै अग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु । विज्ञत्तीमा लेखिएको छ ।