कोरोना संक्रमित बाग्लुङकी किशोरीलाई मुख्यमन्त्रीले भने मन दह्रो पार्नुस्

कोरोना संक्रमित बाग्लुङकी किशोरीलाई मुख्यमन्त्रीले भने मन दह्रो पार्नुस्

Badigad Online
1 Min Read

पोखरा चैत्र २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरी सान्त्वना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गर्नुभएको छ ।

मन दह्रो बनाउनुहोस् । उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन् । मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे । अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु, मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई फोन गर्दै दिएको आश्वासन उद्धृत गर्दै उहाँको सचिवालयले भन्यो ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन् । कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री गुरुङले अझै तीन चार पटक कोरोनाको परीक्षण गर्नुपर्ने र पूर्ण रुपमा नेगेटिभ भएको सुनिश्चित भएपछि मात्रै घर जान उनलाई सुझाव दिनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित