वासिङ्टन, चैत २७ । अमेरिकाका वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस नहराउने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेका थिए ।
नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक पत्र लेख्दै कोरोना भाइरस गर्मी मौसममा नहराउने बताएका हुन् । पत्रमा जाडो मौसममा जस्तै गर्मी मौसममा पनि कोरोना भाइरस सक्रिय हुने कुरा उल्लेख गरिएको छ ।
त्यस पत्रमा चीनको उदाहरण प्रस्तुत गरिएको छ । पत्रमा भनिएको छ चीनमा अधिकतम तापक्रम भएको स्थितीमा पनि भाइरस तीव्र रुपमा फैलियो त्यहाँ प्रत्येक संक्रमित व्यक्तिले औसत दुई व्यक्तिमा कोरोना सारे ।
Badigad Online