नेपालमा ५ दिनदेखि कोरोनाको नयाँ संक्रमण देखिएन

नेपालमा ५ दिनदेखि कोरोनाको नयाँ संक्रमण देखिएन

Badigad Online
1 Min Read

काठमाण्डौ, चैत्र २७ । विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन । मिडिया ब्रिफिङकका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ । साथै १ सय ९३ जनाको परीक्षण जारी छ ।

पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन् । चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो । एक जना निको भएर घर फर्किसकेका छन् । अहिले देशभर ११७ जना आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित