क्वारेन्टाईन भित्रै सुत्केरी व्यथा वडाध्यक्षद्धारा उद्धार

क्वारेन्टाईन भित्रै सुत्केरी व्यथा वडाध्यक्षद्धारा उद्धार

Badigad Online
2 Min Read

प्रेम सुनार, गुल्मी चैत्र २७ । गुल्मीको सदरमुकाम तम्घासको क्वारेन्टाईनमा रहेकी एक महिलालाई गएराती सुत्केरी ब्यथा लागेपछि मध्ये रातमा उठेर रेसुङ्घा नगरपालिकाका वडाध्यक्षले उद्धार गरि अस्पताल पठाएका छन् । उक्त नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष उदयबहादुर थापाले बाघमारेकी भगवती परियार महेन्द्र नमुना माविमा रहेको क्वारेन्टाईमा सुत्केरी ब्याथा लागेको थाह पाएपछि जिल्ला अस्पतालमा सम्भव नभए पछि पाल्पाको युनाईटेड मिशन अस्पतालमा ५ हजार सहयोग गरि पठाएका हुन् ।

गएराती एक्कासी फोन आयो एम्वुलेन्सवालाई बोलाएँ उनका श्रीमानलाई ५ हजार रुपैयाँ माथी घरको तलबाट राती करिव १२ एक बजेतिर पैसा दिई पठाएको हुँ, वडाध्यक्ष थापाले भने त्यो परिवार यहाँका सुकुम्वासी हुन् , उनीहरुसंग बाटो खर्च समेत थिएन । वडाध्यक्ष थापाले पाल्पाको प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसालले र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई फोन गरेर निशुल्क सुत्केरी गराई पठाई दिन लगाईएको बताए । वडाध्यक्ष थापाले आफुले दिएको ५ हजार मध्ये ४ हजार रुपैयाँ एम्वुलेन्सले लिएको थाहा पाएको बताए । एक हजार मात्रै उनीहरु श्रीमान श्रीमतिको साथमा छ । खाने खर्च पनि छैन् नगरपालिकाले सहयोग गर्न जरुरी छ । ती श्रीमान श्रीमति भारतबाट आएका हुन् । सुरुमा उपल्लो तम्घास माविको क्वारेन्टाईनमा राखिएको र अहिले महेन्द्र माविको क्वारेन्टाईनमा राखिएको बताए ।

श्रीमान श्रीमति र एक सन्तान क्वारेन्टाईनमा रहेकोले पाल्पा प्रहरीले थाह पाई श्रीमानलाई समातेर क्वारेन्टाईनमा राखेको र श्रीमतिलाई अस्पतालमा सुरक्षित गरि सुत्केरी गराउने प्रयास भईरहेको जनाईएको छ । उनीहरुको जमिन कतै नभए पछि माघमारेका बिशाल श्रेष्ठको बारी मागेर वडाध्यक्ष थापाको पहलमा सानो एउटा झुपडी बनाई राखिएको र पछिल्लो चरण भारततिर मजदुर गर्न गएर फर्किएको स्थानीयले बताए ।

वडाध्यक्ष थापाले बाहिरबाट आएका मजदुरहरुलाई नगरपालिकाले दिएको राहतले नपुगेर वडास्तरमा रहेको विपद् ब्यवस्थापन समितिबाट निर्णय गराई झण्डै सय जना मजदुरहरुलाई राहत उपलब्ध समेत गराएका छन् । नगरपालिकाको निर्णय कुर्दा उनीहरु भोकै बस्ने अवस्था आयो मेरो वडामा बस्नेहरुलाई भोकै बस्न दिन्न बरु म आफु समितिका सदस्य हिमाल कुँवर र अर्का सदस्य हिराबहादुर थापा लगायतले खल्तीबाट पैसा हाल्न परे पनि हालौला भनेर राशन खरिद गरि बाँडेका हौं वडाध्यक्ष थापाले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित