बाग्लुङ चैत्र २७ । नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षण (¥यापिड टेष्ट) बाटै बागलुङमा कोरोना परिक्षण गर्ने निर्णय भएको चौथो दिन अर्थात बुधबार साँझमात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बागलुङ आएसंगै आजबाट बागलुङमै कोरोना भाईरसको परिक्षण हुने भएको हो ।
मन्त्रालयले पठाएको बरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधवार साँझ मात्रै ¥यापिड टेष्ट किटबाट कोरोना परिक्षणका लागि आएको धौलागिरी अञ्चल अस्पताल आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । टोलीमा प्राविधक किशोर पाण्डे सहभागी हुनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको दुर्त परीक्षण ¥यापिड टेष्ट गर्ने किट सहित आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी संगै २ थान भेण्टीलेटर, १ सय थान पर्शनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान ¥यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका समाग्री समेत पठाएको छ । उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गर्ने छ ।
टोलीले आज ¥यापिड टेष्ट किट परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिए पश्चात परीक्षण शुरु गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालले मन्त्रालयको टोली, जिल्ला स्वास्थ्य कार्यालय र अञ्चल अस्पतालको समन्वयमा ¥यापिड टेष्ट हुनेछ । मन्त्रालयको टोलीले बागलुङका झण्डै एक दर्जन ल्याव टेक्निसियनहरुलाई ¥यापिड टेष्ट परिक्षण गर्ने विधी सिकाएर काठमाण्डौं फर्कनेछ । ¥यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थाा पुन परिक्षणका लागि ल्यावमा पठाइनेछ । ¥यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परिक्षण गर्न सकिने छ ।
बागलुङमा दुईजना कोरोना भाइरसका संक्रमितहरु रहेका छन् । उनिहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई संक्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद गरी एक हजारको कोरोना परीक्षण गर्ने गरी बागलुङमा ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । आदर्श अनलाईनबाट