बडीगाड अनलाईन सवांददाता चैत्र २७ । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएको छ ।
बिहिवारदेखि शुरु भएको ¥यापिड टेष्टका लागि चार वटा टोली बनाएर जिल्लाका सबै स्थानीय तहमा परिचालन गरिएको छ । अबको पाँच दिन (बैशाख १ गते सम्म) मा नेपाल सरकारको तथ्यांकमा उल्लेख शंकास्पद ९ सय बढिको परीक्षण सक्ने गरी योजना बनाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिनुभयो ।
बागलुङ जिल्लाका १० वटै पालिकामा शुक्रबारदेखि परीक्षण थालिने छ । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय बढिको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ । यसैबीच भोलि १० बजेदेखि बडीगाड गाउँपालिकाका विभिन्न ठाउँमा पनि स्वाव परिक्षण हुने भएको छ । गाउँपलिकाको वडा नं १ तुन्डाडामा वडा नं २ को खर्बाङमा, वडा नं ३ को शिसाखानिमा कोरोनाको स्वाव परिक्षण हुने बताईएको छ ।
चैत भित्र भारत लगाएत बैदेशिक रोजगरिबाट आएका सबैको कोभिड १९ को स्वाब परिक्षण हुने भएकोले अनिवार्य उपस्थितिको लागि गाउँपालिकाले अनुरोध गरेको छ । र्यापिड टेस्ट कीट मार्फत परिक्षण हुने बताईएको छ । त्यस्तै २९ गते वडा नं ४, ५, र ८ को पायक पर्ने को ग्वालीचौर स्वास्थ्य चौकि र वडा नं ६, ७, ९, १० र ८ को पायक पर्ने भिमगिठे स्वास्थ्य चौकिमा टेस्ट हुने बताईएको छ ।