काठमाडौं चैत्र २७ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख कटेको छ । नेपाली समय अनुसार बिहीबार बेलुका ८ बजेर २३ मिनेटसम्म संसारभर १५ लाख २ हजार ६ सय १८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
यो अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक हो । १ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुनेको देशको संख्या ४ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका संक्रमित हुनेको संख्या ४ लाख ३२ हजार ५ सय ५४ पुगेको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ४६ पुगेको छ ।
इटलीमा संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ। जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना कोरोना संक्रमि भएका छन् । फ्रान्समा ८३ हजार ८० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट ८९ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । ३ लाख ३९ हजार ७ सय ७५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।