वामी सेवा समिति जापानद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री

वामी सेवा समिति जापानद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री

Badigad Online
2 Min Read

सागर भण्डारी, चैत्र २७ गुल्मी । वामी सेवा समिति जापानले मुसिकोट नगरपालिकालाई ३० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिई र २ हजार थान मास्क हस्तान्तरण गरेको छ ।  विहिवार नगरप्रमुख सोमनाथ सापकोटालाई समितिका सम्बद्ध सदस्य उज्जवल खत्री र शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले उक्त पीपीई सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

३० थान पीपीई थान, ५० पिस सेनिटाईजर र माक्स वितरण गरिएको बताईएको छ । त्यस्तै सोही अवसरमा स्थानीय राजन प्रधानले आफै निर्माण गरेको ४० थान पीपीई पनि हस्तान्तरण गर्नुभएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका सक्रंमित र सम्ंभावित व्यक्तिहरुसगं प्रत्यक्ष रुपमा सम्पर्कमा आई जोखिम उठाएर सेवा प्रवाह गर्नुपर्ने स्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका सम्बद्ध सदस्य उज्जवल खत्रीले बताउनुभयो ।

पिपीई सामाग्री हस्तान्तरण गर्दै खत्रीले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनुभयो । साथै सोही अवसरमा समितिको तर्फबाट पठाईएको स्वास्थ्य सामाग्रीहरु नगरपालिकाका ९ वटै वडामा रहेका १३ वटा स्वास्थ्य केन्द्रमा नगरपालिकाका स्वास्थ्य सयोंजक ढाल बहादुर जिसी, समाजसेवी चुरामणी सापकोटा सहित सापकोटा र खत्रीको टोलीले स्वास्थ्य केन्द्रमै पुगेर पीपीई हस्तान्तरण गरिएको बताईएको छ ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको बेला सीमित स्रोत साधनबाट समेत स्वास्थ्यकर्मीहरुलेले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको भन्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले पीपीई हस्तान्तरणले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताउनुभयो । उक्त पीपीई सामाग्रीहरु नगरपालिकामा रहेका स्वास्थ्य संस्था र ऐम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित