ढोरपाटन नगर प्रमुख नेपालीद्धारा पुन : ४५ विपन्न परिवारलाई खाद्यान्न वितरण

ढोरपाटन नगर प्रमुख नेपालीद्धारा पुन : ४५ विपन्न परिवारलाई खाद्यान्न वितरण

Badigad Online
2 Min Read

सुमन सुनार बुर्तिबाङ.चैत्र २८ । जिल्लाको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली र उहाँकी धर्मपत्नी छेला नेपालीले विहिबार फेरी ४५ गरिव तथा विपन्न घर परिवारकालागि खाद्यन्न सामाग्री उपलब्ध गराउनुभएको छ । नेपाली दम्पत्तीले ढोरपाटन नगरपालिका वडा नं. २ को अर्नाक र खल्बाङका गरिव तथा विपन्न घरपरिवारलाई घर घरमै पुगेर खाद्यन्न सामाग्री उपलब्ध गराउनुभएको हो ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने तथा आजै कमाउने आजै खाने वर्गहरुलाई सहयोग पु¥याउने उद्धेश्यले खाद्यन्न सामाग्री उपलव्ध गराइएको नगर प्रमुखकी धर्मपत्नी छेला नेपालीले जानकारी दिनुभयो । उनिहरुलाई १ बोरा चामल, २ केजी दाल, १ लिटर खाने तेल उपलव्ध गराईएको उहाँले जानकारी दिनुभयो ।

नेपाली दम्पत्तीले यस अघि पनि नगर स्तरका १ सय ७ गरिव तथा विपन्न घर परिवारलाई राहत उपलव्ध गराईसक्नुभएको छ । लकडाउनले नागरिकलाई कोरोना संक्रमणबाट बचाउन मद्धत गरेपनि दैनिक ज्याला मजदुरी गर्नेहरुले मजदुरी गर्न नपाउदा अतिप्रभावित बनेको नगर प्रमुख नेपालीले बताउनुभयो । कोरोना महामारीको अवस्थामा प्रभावित जनतालाई भोकै मर्न नदिने भन्दै नेपालीले आवश्यक परे आफ्नो सम्पत्ती बेचेरै जनताहरुका लागि खर्च गर्ने दावीगर्नुभएको छ ।

त्यसैगरी छुटेकाहरुकालागि नगरपालिकाले प्रदेश सरकारसंगको सहकार्यमा राहतप्याकेजको व्यवस्था गर्ने तयारीमा रहेको भन्दै उहाँले उनिहरुका लागि पनि राहत सामाग्री व्यवस्थापन गर्ने बताउनुभयो । राहतवितरणका लागि नगर स्तरका सबै वडामा लगत संकलनकार्य जारी रहेकाले सम्बन्धीत सबैले वडा कार्यालयमा सम्पर्क राख्न समेत नगर प्रमुख नेपालीले अनुरोध गर्नुभयो ।

कोरोना संक्रमणबाट बच्नकालागि घरभित्रै बसेर लकडाउनको पुर्ण पालना गर्न समेत नगरबासीलगायत सबैमा उहाँले अनुरोध गर्नुभएको छ । कोरोना संक्रमणबाट बच्नकालागि घरभित्रै बसेर लकडाउनको पुर्ण पालना गर्न समेत नगरबासीलगायत सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित