काठमाण्डौ, चैत्र २८ । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन घरमै बसिरहेका कर्मचारीहरूलाई काम लगाउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अत्यावश्यक सेवाबाहेकका कर्मचारीले आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरी घरबाटै गर्नसक्ने काम गर्न भनेको छ । कोरोनाको जोखिमबाट बच्न सरकारको निर्देशन पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने काम पनि कर्मचारीले गर्ने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।
आफू बसेको ठाउँ वरपर कोभिड–१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र नबसेको पाइए सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने अनि सोको सूचना जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरी कार्यालयलाई समेत गराउन भनेको छ ।
Badigad Online