लकडाउनमा सौगात र सृष्टिको लभ

लकडाउनमा सौगात र सृष्टिको लभ

Badigad Online
1 Min Read

काठमाण्डौ चैत्र २८ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले हिजो मंगलवारबाट थप ८ दिनका लागि सिंगो देश लकडाउन गर्ने घोषणा गरेको छ ।

यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने भएका कारण वर्षभरी फिल्म वा म्यूजिक भिडियोको छायांकनका लागि राजधानी बाहिर हुने कलाकारहरु अहिले घरको चारकुनामा खुम्चिएर बस्न बाध्य छन् । प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि गएको १० दिनदेखि घरमै सीमित भएका छन् ।

केही दिनअघि एक भिडियो सन्देशमार्फत् उनीहरुले कोरोनाबाट बच्नका लागि विशेष सावधानी अपनाउन दर्शकलाई आग्रह गरेका थिए । अहिले एउटै घरको छतमुनी बस्दै आएका उनीहरु अर्को वर्ष विवाह गर्ने तयारीमा छन् । परिवारले समेत यी दुईलाई विवाहका लागि मन्जुरी दिइसकेको छ ।

विगत डेढ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका सौगात र सृष्टिले लकडाउन हुनुभन्दा अगाडि फिल्म माइकल अधिकारी को छायांकन भ्याएका थिए । यो फिल्मपछि उनीहरु मधुसुदन भट्टराईले निर्देशन गर्ने फिल्म सँगसँगै मा व्यस्त हुँदै थिए । तर, कोरोनाको त्रासले यो फिल्म पछाडि धकेलिएको छ । त्यसैले अहिले उनीहरु घरमै बसेर एकअर्कासँग प्रेम साटिरहेका छन् । उनीहरु रिलेशनशीप रहेको कुरा केही समय अगाडी नै मिडियामा आएको थियो । अहिले उनीहरु एउटै घरमा डेरामा बस्छन् ।

फिल्मिखबरबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित