गुल्मीमा सरकारले बनाइदिएको विपन्नको घर जलेर नष्ट

गुल्मीमा सरकारले बनाइदिएको विपन्नको घर जलेर नष्ट

Badigad Online
1 Min Read

प्रेम सुनार गुल्मी, २८ चैत्र । गुल्मीको ईस्मा गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत बनाइदिएको एकजना विपन्न परिवारको घरमा आगलागी भएको छ । शुक्रबार बिहान लागेको आगोले घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

गाउँपालिकाको वडा नम्वर १ जुकेपानीका ठगबहादुर रानाको घर आज बिहान करिव ५ बजेतिर जलेर नष्ट भएको हो । घर जलेपछि उद्धारका लागि आफूहरू आइपुगेको त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यहाँ पुगेको ईस्मा प्रहरी चौकीको टोलीका अनुसार कुनै मानवीय र चौपायको क्षति भने भएको छैन् । तर ६ लाख ५९ हजार ५ सय बराबरको क्षति आँकलन गरिएको छ । बिहानै परिवारका सबै जना काममा हिँडेको भन्ने जानकारी आएको र आगलागी कसरी भयो भन्ने खुल्न नसकेको उहाँको भनाई छ ।

उहाँले गत वर्ष मात्रै उनीहरुको घर ईस्मा गाउँपालिकाले जनता आवास कार्यक्रम मार्फत बनाइदिएको जानकारी दिनुभयो । वडाध्यक्ष खत्रीले तत्कालका लागि त्यस ५ जनाको परिवारलाई १५ हजार नगद सहयोग गर्नुभएको छ ।

त्यस्तै वडाध्यक्ष खत्रीले एक क्वीन्टल चामल, ५ किलो दाल, नुन, तेल र ५ जनाको परिवारलाई लत्ता कपडा समेत उपलब्ध गराएको बताउनुभएको छ । साथै वडा सदस्य जंगबहादुर खत्रीले पनि ५ हजार नगद सहयोग गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित