प्रेम सुनार गुल्मी, चैत्र २८ । गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्टले कोरोना भाईरसको बिश्व ब्यापी संक्रमणको बेला आफु गरिब मजदुरहरुको चुलो चलाउन मस्कील परेको प्रति आफु चिन्तीत रहेको बताएका छन् । विहिवार गृह जिल्ला गुल्मीमा ३ सय थान पिपीई पठाउँदै नेता बिष्टले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
गृह जिल्ला गुल्मीमा कुनै कुराको अभाव हुन नदिने गरि खटिरहेको बताएका छन् । बिहिवार स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरसको सक्रमणबाट बच्ने ३ सय थान पिपिई पठाएको सन्धर्भमा सांसद गोकर्णराज बिष्टले यस्तो बताएका हुन् । उनले दैनिक ज्वाला मजदुर गरेर जिविका गर्दै आएका मजदुर बर्ग ठुलो समस्यामा परेको चिन्ता प्रकट गर्दै भने त्यसका लागि मैले जिल्लाका हरेक गाउँपालिका प्रमुख देखि वडा स्तर सम्मका जनप्रतिनिधीहरुलाई दैनिक जसो फोन गरेर त्यो वर्गलाई राहत उपलब्ध गराउनका लागि कञ्जुसाइँ नगर्न आग्रह गर्दै आएको छु ।
यदि कोही त्यस्तो समस्यामा परेको भए तत्काल सुचित गर्न पनि म आग्रह गर्दछु । बेला सरकार र बिश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्ने उपाय सबैले अबलम्वन गर्नु पर्ने र बाँडी चुँडी खाने बेला आएको नेता बिष्टको धारण छ । ‘सरकारी तौरबाट होईन , हामीले सहयोगी संघ संस्था र साथीहरुको सहयोगमा गुल्मीमा ३ सय थान पिपिई सेट पठाएका छौं । अब छिटै थर्ममिटर माक्स लगायतका आबश्यक स्वास्थ्य सामग्रीहरु पठाउँदै छौं,‘– सांसद बिष्टले भने–‘ हाम्रो तर्फबाट गृह जिल्लमा कुनै किशिमको कमि हुन नदिने गरि हामी खटिरहेका छौं । ’
नेता बिष्टले पठाएको ३ सय थान पिपीई जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ठुलो अभाव खड्किएको बेला पुर्वमन्त्री बिष्टले पठाएको प्रति जिल्लावासीको तर्फबाट आभार प्रकट गरेका छन् । उनले त्यस मध्ये ६० थान जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने र १२ वटै स्थानीय तहलाई २० थानका दरले वितरण गर्न पुर्वमन्त्री बिष्टद्धारा निर्देशन आएकोले त्यही अनुसार वितरण गरिने जानकारी दिए । जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने पिपिई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मीका ईन्चार्ज तथा प्रदेश सांसद दिनेश पन्थीद्धारा हस्तान्तरण गरिएको थियो ।
पिपिई बुझ्दै त्यस अस्पतालका सुपरिटेण्डेन डाक्टर उत्तम पाच्यले आफु सहित जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पिपिईको अभाव भईरहेको बेला पुर्व मन्त्री बिष्टले ठुलो परिमाणमा पिपिई पठाएको प्रति आभार प्रकट गरे । स्वास्थ्य कार्यालय प्रमुख भवानी शर्माले पनि नेता बिष्टलाई धन्यवाद् ज्ञापन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले सबै राजनैतिक दल र जनप्रतिनिधीहरुको तर्फबाट नेता बिष्ट प्रति आभार प्रकट गरेका छन् । त्यस्तै प्रदेश सांसद दिनेश पन्थीले पिपीईको अभावको बेला नेता बिष्टले पर्याप्त मात्रमा उप्त सामग्री पठाएर स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने काम भएको धारणा राखे ।
विहिवार नै गुल्मीको छत्रकोट,ईस्मा,मालिका,मदाने धुर्कोट गाउँपालिकाका प्रमुख र गुल्मी दरवार गाउँपालिकाकी स्वाथ्यकर्मीले प्रशानबाटै बुझेर २०/२० थान पिपिई बुझेर लगेका छन् । अन्यलाई शुुक्रवार दिनभमा पठाई सकिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।