बाग्लुङका ७ जनाको रिपोर्ट नेगेटिभ

बाग्लुङका ७ जनाको रिपोर्ट नेगेटिभ

Badigad Online
1 Min Read

बाग्लुङ, चैत्र २८ । बाग्लुङको बरेङ गाउँपालिकाका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा उनीहरुको स्वाब परिक्षण्को लागि बिहिबार पोखरा पठाइएको थियो ।

ती सात जनासहित अन्य तीन जनाको स्वाब परिक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जनकारी दिनुभयो । परिक्षणको लागि बागलुङका कोरोना संक्रमित युवती र ६५ वर्षीय बृद्धाको समेत स्वाब पठाइएको गुरौले जानकारी दिनुभयो ।

१० जनाको स्वाब परिक्षणका लागि पठाइए पनि ७ जनाको मात्रै आएको उहाँको भनाई छ । अन्य तीन जनाको रिपोर्ट दिउसोसम्म आउने गुरौले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित