काठमाडौँ चैत्र २८ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक एस्टेरोयड (सानो तारा) तिब्र रुपमा पृथ्वी तर्फ आइरहेको बताएको छ । उक्त तारा विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको बताइएको छ ।
यस ताराको स्पीड ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८.८२ किलोमिटर प्रति सेकेण्ड रहेको छ । यस तिब्र गतिबाट यो पृथ्वीमा आउने लागेको नासाको वैज्ञानिकले बताएका छन् । यो पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो सुनामी जान सक्ने वा कयौँ देश बवार्द हुन सक्ने बताइएको छ ।
यद्यपी नासाका वैज्ञानिकले यस ताराबाट डराउनु पर्ने आवश्यक भने नआइसकेको बताएका छन् । किनकी यो पृथ्वीबाट करिब ६४ लाख किलोमिटर टाढा खस्नेछ । अन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन् । तर यो कम पनि हैन् । केही वैज्ञानिकले भने यो पृथ्वीमा ठोकिन सक्ने आशंका व्यक्त गरेका छन् । यो उल्का पिण्डलाई नासाले सबैभन्दा पहिले सन् १९९८ मा देखेका थिए । यसको ब्यास करिब ४ किलोमिटरको छ ।