गुल्मी, २८ चैत । जिल्ला प्रहरी कार्यालय गुल्मीले बाबुको ह*त्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।
इस्मा गाउँपालिका २ हस्तिचौर पालुखाका ४६ बर्षीय टेक बहादुर कुमालको ह*त्या गरेको आरोपमा २९ बर्षीय अर्जुन कुमाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयो ।पक्राउ परेका छोरा सुस्तमनस्थिति रहेको प्रहरीले जनाएको छ । बिहिबार राती बाबु–छोरा झगडा गरेका थिए ।
सोहि क्रममा छोराको कुटपीटबाट घाइते भएका बाबुलाई आमाले घरमा ल्याएर सुताएकी थिइन् । शुक्रबार बिहान एक्कासी उल्टी भएर मृत्यु भएको इस्मा गाउँपालिका २ का वडाध्यक्ष टीका बहादुर रेश्मीले बताउनुभयो । प्रहरीको अगाडी छोराले बाबुलाई कुटपीट गरेको स्विकार गरेको रेश्मीले बताउनुभयो । प्रहरी निरिक्षक चुरामणी पुनले शब पोष्टमार्टम र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।