सागर भण्डारी, चैत्र २८ बाग्लुङ । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा कोरोनो भाइरस ( कोभिड १९) को द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु भएसगैं आज बडीगाड गाउँपालिकामा पनि परिक्षण गरिएको छ ।
बडीगाड गाउँपालिकाको वडा नं १,२, र ३ नं वडाको सिसाखानीमा कोरोनाको आरटिडी टेष्ट गरिएको छ । १९ जनाको परिक्षण गरिएको सबैको नतिजा नेगेटिभ आएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीबाट चैत्र महिनामा गाउँपालिकामा भित्रिएकाहरुको तथ्याङ्क सकंलन गरी परिक्षण गरिएको उहाँले बताउनुभयो । भोलि चैत्र २९ गते वडा नं ४, ५, र ८ को पायक पर्ने को ग्वालीचौर स्वास्थ्य चौकि र वडा नं ६, ७, ९, १० र ८ को पायक पर्ने भिमगिठे स्वास्थ्य चौकिमा टेस्ट हुने अध्यक्ष पाईजाले जानकारी दिनुभयो ।
चैत भित्र भारत लगाएत बैदेशिक रोजगरिबाट आएका सबैको कोभिड १९ को स्वाब परिक्षण हुने भएकोले अनिवार्य उपस्थितिको लागि गाउँपालिकाले अनुरोध गरेको छ । बिहिवारदेखि शुरु भएको ¥यापिड टेष्टका लागि चार वटा टोली बनाएर जिल्लाका सबै स्थानीय तहमा परिचालन गरिएको छ ।
बागलुङ जिल्लाका १० वटै पालिकामा शुक्रबारदेखि परीक्षण सुरु भएको छ । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय बढिको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ ।