जापानमा रहेका पौदीबासीकोे गृह माया विपन्न परिवारमा राहत

जापानमा रहेका पौदीबासीकोे गृह माया विपन्न परिवारमा राहत

Badigad Online
1 Min Read

सागर भण्डारी, चैत्र २८ बाग्लुङ । पौदी सेभ सोसाईटी जापानले मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराईका विपन्न परिवारलाई राहत विरण गरेको छ ।

उक्त ठाउँमा रहेका अति विपन्न र कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेका अति विपन्न र गरिब परिवारलाई राहत वितरण गरेको संस्थाका सयोंजक एवम् विदेश विभाग प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । पौँदीअमराईमा रहेका २७ विपन्न घरधुरीलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।

लकडाउनका कारण प्रभावित भएर कोही पनि भोकै बस्न नपरोस भनेर विपन्न परिवारको तथ्याङ्क सकंलन गरि खाद्यान्न सामाग्री वितरण गरिएको हो । पौँदीअमराई स्थायी घर भई हाल रोजगारीको सिलसिलामा जापानमा रहेका नेपालीहरु मिलेर आफ्नो मातृभुमीमा सेवा र सहयोग गर्ने उद्धेश्यले गठित संस्थाले उक्त परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र १ वटा साबुन वितरण गरेको बताईएको छ ।

स्थानीय बुद्धिजिवी मोहन घिमिरे, संस्थाका आनन्द श्रेष्ठ र जितबहादुर पाठक एवम् वडा माफर्त सकंलित विपन्न परिवारको तथ्याङ्कको आधारमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा संस्थाले गरेकोसहयोगले सिङ्गो वडाबासी नै खुुुुशी भएकोले यो बिपदमा दुई छाक टार्न कठिन भएका ब्यक्ति तथा परिबारलाई साचिक्कै राहत महशुष नागरिकले गरेको भन्दै वडाध्यक्ष पूर्ण बहादुर हितानले धन्यवाद व्यक्त गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित