कमल पौडेल, २९ चैत्र, बागलुङ । बडिगाड गाउँपालिका वडा नं. १ र २ सहकारीहरुले खाद्य संकट हुन नदिने भन्दै सुपथ मुल्यमा खाद्य सामाग्रि विक्रि सुरु गरेका छन् ।
वडा नं. १ को लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडले तुन्डाडाबाट तथा वडा नं. २ का नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदिवहिनी वचत तथा ऋण सहकारी संस्था र मिलन व्यावसायीक कृषि सहकारी संस्थाले खर्वाङबाट खाद्य सामाग्रि वितरण सुरु गरेका छन् ।
पसलहरुमा खाद्य स्टक सकिन सक्ने र खाद्य संकट आउन सक्ने भन्दै सहकारीहरुले सुपथ खाद्य पसल सुरु गरेका हुन्। वडा नं. १ मा ४ लाख वढिको र वडा नं. २ मा ७ लाख वढिको सामाग्रि ल्याइएको हो। चामल, तेल, नुन उपलब्ध गराउन सुरु गरिएको सहकारीले जनाएका छन् ।
Badigad Online