बाग्लुङ, चैत्र २९ । बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धाको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराइरहेकी उनी दोस्रो पटकको रिपोर्ट शनिबार बिहान आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
उनको स्वाब परिक्षण्को लागि बुधबार पोखरा पठाइएको थियो । शनिबार विहान रिपोर्ट पोजेटिभ आएपछि पुनः केहि समयपछि नमुना संकलन गरेर परीक्षण गरिने गुरौको भनाई छ ।
आदर्श अनलाईनबाट
Badigad Online