बागलुङ, २९ चैत – बागलुङमा शनिवार दिउसो चट्याङ लागेर घाईते भएका ४ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
बागलुङ नगरपालिका १३ पाग्जा, ढाँड पहरेमा चट्याङ परेको थियो । चट्याङबाट पाग्जाका पण्डित परशुराम रिजालका छोरा २६ बर्षिय शंकर रिजालको अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको छ । चट्याङ लागेर उनीसंगै २० बर्षिय रेश्मी भट्ट घाईते भएका छन् । उनको छिमेकीको एउटा भैसी मरेको छ ।
अन्य घाईते सोही वडा ढाँडका ४ जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो । घाइतेहरु ७३ बर्षिय तारावहादुर हरिजन, ४१ बर्षिय कोपिला हरिजन, २२ बर्षिय लक्ष्मी हरिजन र ६२ बर्षिय फुलमती हरिजनको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
Badigad Online