सागर भण्डारी चैत्र ३० । गुल्मीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मुसिकोट नगरपालिका सिमा क्षेत्र र क्वारेन्टाईनहरुको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरत शर्मा र जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्र सिहं खड्का सहित मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाको टोलीले गण्डकी प्रदेशसगं सिमा गाँसिएको हाँडिखोलामा भईरहेको सुरक्षा सतर्कता र अवस्थाका बारेमा अनुगमन गरेको छ ।
त्यस्तै नगरपालिकाको वडा नं ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा निर्माण गरिएको १७ वेडको क्वारेन्टाईन एवम् वामीमा रहेको आर्मी व्यारेकको समेत अवलोकन र निरिक्षण गरिएको मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा हालसम्म नगरपालिकाले कोरोना भाईरस रोकथामका लागि गरेका कार्यहरु सन्तोषजनक रहेको र अन्य प्रदेशसगं सिमा गाँसिएका क्षेत्रहरुको विशेष निगरानी गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभएको छ ।