हेलिकप्टर मार्फत उद्धार गरिएकी गर्भवती महिलाको मृ*त्यु (भिडियो सहित)

हेलिकप्टर मार्फत उद्धार गरिएकी गर्भवती महिलाको मृ*त्यु (भिडियो सहित)

Badigad Online
3 Min Read

बाग्लुङ वैशाख १ । हेलिकप्टर मार्फत उद्धार गरिएकी बाग्लुङको ढोरपाटन नगरपालिका १ की महिलाको मृ*त्यु भएको छ । पाठेघर भन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेको (ईक्टोफिक प्रेग्नेन्सी) अवस्थामा सोमबार विहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएकी ३३ वर्षीया भिमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाईएको थियो ।

पाठेघरको नलि फुटी अधिक रक्तश्राव भएकाले एम्बुलेन्समा बागलुङ लैजान खोजिएको भएपनि ज्यानै जोखिममा परेपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट उद्धार गरि उनलाई पोखरा पठाईएको थियो । तर हेलिकप्टर उद्धार गरेर पोखरा पुर्याएको केही समयमै मृ*त्यु भएको बडिगाड गाउँपालिका स्वास्थ्य सयोंजक निरञ्जन यादवले जानकारी दिनुभयो ।

साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ अनुसार हेलीकप्टरबाट निशुल्क उद्धार गरिएको थियो । कार्यविधि अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमानै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई निशुल्क हवाई उद्धार गरिन्छ । यो कार्यविधिमा उल्लेख भए अनुसार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले निशुल्क उद्धार गर्ने गरेको छ ।
भिडियोमा हेर्नुहोस्

आदर्श  सञ्चार अनलाईनको सहयोगमा

यो पनि पढ्नुहोस् बडिगाड गाउँपालिकाले लकडाउनलाई थप कडाइ गर्ने भएको छ। बागलुङमा थप संक्रमणको संभावना देखिएपछि नागरिक जोगाउन थप कडाइ गर्नुपर्ने अवस्था आएको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले बताउनु भएको छ। सनिवार बडिगाड भित्रका सुरक्षा निकाय सहितको छलफल समेत भएको र आइतवार बडिगाडका संवेदनशिल नाकामा प्रत्येक ८र८ घण्टे ड्युटि सहित स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। नाकामा रहेका पुलहरुमा व्यारेल स्थापना गरि चाँपी लगाउने, अत्यावश्यक वाहेक कुनैपनि सवारी साधन चल्न नदिने, कुनैपनि व्यक्ति अत्यावश्यक वाहेक कुनैपनि वाहनामा एक टोलवाट अर्कोटोलमा जान प्रतिवन्ध लगाउने र त्यसको प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ।

बडिगाड गाउँपालिका वडा नं. २ को जिमि दमार वाट आफन्त भेट्न मालिका गाउँपालिका गुल्मी पुगेका २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरेकोले प्रहरीले नियन्त्रणमा लिइ, बडिगाडमा वुझाएको छ। विगतमा केहि नरम वनेको प्रहरी प्रशासनलाई थप जिम्मेवार भएर लाग्न र स्थानिय आफैपनि सजक हुनुपर्ने भएकोले कोहिपनि आफ्नो गाउँटोलमा आए तत्कालै नियन्त्रणमा लिइ प्रहरीकहाँ खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले नयाँ वर्षले शान्ति ल्याउने, आम नागरिकलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सहयोग पुर्याउने कामना गर्दै सवै नागरिकलाई सामाजिक दुरी कायम राख्न आह्वान गर्नुभएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित