कमल पौडेल ०१ बैसाख, बागलुङ । बडिगाड गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर गर्ने भएको छ। बैंकबाट वितरण गर्दा पनि सामाजिक दुरी कायम राख्न असजिलो हुने र भिडभाड समेत हुन सक्ने भएकोले वडा सचिव मार्फत टोलटोलमै पुगेर र संभव भएसम्म घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भैरहेको गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ।
लकडाउनले घरमै रहेका जेष्ठ नागरिक, असहाय, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर भत्ता वितरण गरिन लागेको हो। एक हप्ता भित्रै वितरण गर्ने गरि तयारी भएको रेश्मीले जानकारी दिनुभएको छ। यसैविच बडिगाड गाउँपालिकाले प्रत्येक वडावाट खाना सकिएका असहाय, दैनिक ज्यालादारी गर्ने मजदुर, अतिविपन्न नागरिकहरुलाई राहत वितरण गरिरहेको जनाएको छ।
तर घरमा खानेकुरा भएका कसैले पनि राहतमा दावि नगरिदिनुहुन र छिमेकमा कसैलाइ सहयोगको आवश्यकता परेको भए खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ। कुनै जनप्रतिनिधि तथा कर्मचारीले खाद्यान्न हुँदा हुँदै कसैलाइ खाद्यान्न सकिएको भनि सिफारीस गरे स्वयं सिफरिस कर्तालाई नै कार्वाहि गरिने र कोहिपनि नागरिकलाई भोकै मर्न नदिइने प्रमुख प्रशासकिय अधिकृत वालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ।
गाउँपालिकाले उद्योग वाणिज्य संघ संग समन्वय गरि पसलहरुमा राहतका प्याकेट तयारी गरेको छ, समस्यामा परेको परिवारलाई वडा कार्यालयद्धारा कुपन प्रदान गरि पसलवाट सामाग्रि लैजाने व्यवस्था मिलाएको छ।