गुल्मी वैशाख १ । गुल्मीका क्वारेन्टाइनमा बसेकाहरूको कोरोना परीक्षण थालिएको छ । विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरूको गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्ट गरेर घर फर्काउन थालिएको हो । मदाने गाउँपालिका र गुल्मी दराबार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १८ जनाको गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्ट गरिएको छ ।
गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्ट गरिएका सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । गुल्मी दरबार गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चैत १८ गतेबाट गुल्मी दरबार गाउँपालिका– ६ को ईश्वरी माविमा बसेका आठजनाको गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
मदाने गाउँपालिकाले भारतबाट चैत १८ गते गाउँ आएका १० जनालाई वडा नं ६ पुर्कोटदहको पृथ्वी मावि क्वारेन्टाइनमा राखेको थियो । सोमबार उनीहरूलाई घर फर्काउने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो । मदाने गाउँपालिकामा चैत महिनामा विदेशबाट दुई महिला र एक सय दुई पुरुष गरेर एक सय चारजना आएको भण्डारीले जानकारी दिनुभयो ।
गुल्मी दरबार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका भने लकडाउनको समयमा स्वदेशकै काठमाडौं र बुटवलबाट फर्किएकाहरूलाई प्रहरीले पठाएकाले क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यर्मी रामकृष्ण कँडेलले जानकारी दिनुभयो ।गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्टपछि रिपोर्ट नेगेटिभ आएकाले एक साता घरमै सुरक्षित भएर बस्नुपर्ने सर्तमा घर पठाइएको कँडेलले बताउनुभयो । गुल्मी दरबार गाउँपालिकामा विदेशबाट १७ महिला र एक सय १९ पुरुष आएका छन् । स्वास्थ्य कार्यालय गुल्मीले कोरोना परीक्षण छिटो र प्रभावकारी बनाउन पालिकास्तरका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर रÞ्यापिट टेस्टको लागि आवश्यक किटसमेत उपलब्ध गराएको छ ।
सोमबार नै मुसिकोट नगरपालिका र धुर्कोट, मालिकालगायतका स्थानीय तहमा भएका क्वारेन्टाइनमा बसेकाहरूको गुल्मीमा क्वारेन्टाईनमा बसिरहेकाको र्यापिड टेस्ट सुरु टेस्ट गरिने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । ‘किट सीमित भएकाले पहिलो चरणमा १४ दिन क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण गर्छौं,’ शर्माले भन्नुभयो, ‘त्यसपछि पर्याप्त किट आएपछि विदेशबाट फर्केकाहरूको पनि टेस्ट गर्ने हो ।’ उहाँले नेगेटिभ रिपोर्ट आएर घर फर्किए पनि सबै सुरक्षित भएर घरमै बस्नुपर्ने बताउनुभयो ।
नयाँ पत्रिकामा टोपलाल अर्यालले समाचार लेख्नुभएको छ ।