रौतहटमा एक युवकमा पनि देखियो कोरोना संक्रमण

रौतहटमा एक युवकमा पनि देखियो कोरोना संक्रमण

Badigad Online
1 Min Read

१ वैशाख, काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

यो पनि पढ्नुहोस् कैलालीको लम्की चुहा नगरपालिका १ मा एक महिलालाई कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतले महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । ’उहाँको संक्रमण पुष्टि भइसकेको छ,’ स्रोतले भन्यो । १५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । र्या्पिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो । तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो ।

काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो । अहिले महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । आईतबार मात्रै बाग्लुङमा पनि एक ६५ वर्षीय महिलाको र्या्पिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती महिलालाई नेपाल रेडक्रस बाग्लुङ बिहुँ शाखाका एम्बुलेन्स चालकले ल्याउन नमानेपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टालीले उनको उद्धार गरि भिमशेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो । उनलाई आइतबार राती ११ बजे प्रहरीले घरबाटै लिएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टानमा राखेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित