र्यापिड टेष्टमा पोजेटिभ देखिएपनि बागलुङकी महिलामा संक्रमण नभएको पुष्टि

र्यापिड टेष्टमा पोजेटिभ देखिएपनि बागलुङकी महिलामा संक्रमण नभएको पुष्टि

Badigad Online
1 Min Read

बाग्लुङ,वैशाख १ । कोरोनाको द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट) का क्रममा पोजेटिभ देखिएको जिल्लाका एक ६५ बर्षीया महिलामा कोरोना संक्रमण नभएको पाइएको छ । जिल्लाको काठेखोला गाउँपालिकामा आइतवार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी ६५ बर्षीय महिलामा आरडिटी टेष्टमा पोजेटिभ देखिएको थियो ।

पोखरामा गरिएको स्वाब परीक्षणमा ती महिलामा कोरोना संक्रमण नभएको र रिपोर्ट नेगेटिभ नै आएको प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । उहाँका अनुसार, ती महिलाका अरु दुई छोराको रिपोर्ट पनि नेगेटिभ आएको छ भने भारतबाट आएर बरेङको क्वारेन्टिनमा रहेका एक युवकको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

तर, संक्रमण पुष्टि भएकी बानपा ४ की १९ बर्षीया युवतिको तेस्रो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको उहाँले । अर्की संक्रमित ६५ बर्षीया महिलाको दोस्रो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो । जिल्लामा दुई संक्रमित पुष्टि भएसँगै त्रास बढेको समयमा भारतको काशी, गया, बृन्दावन लगायतका स्थानमा तिर्थ गएकी महिलामा शंकास्पद रिपोर्ट आए पछि थप त्रास बढेको थियो ।

आदर्श सञ्चार अनलाईनले समाचार लेखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित