बडीगाड अनलाईन ,बाग्लुङ वैशाख १ । कपिलवस्तुबाट बाग्लुङको ढोरपाटन नगरपालिकामा रहेको माइत गएकी थिइन् , ३३ वर्षीय भिमा पाण्डे । उनी गर्भवती थिइन् । सुत्केरी हुने समय पनि विस्तारै नजिकिँदै थियो । अचानक लकडाउन भएपछि भिमा माइतबाट घर फर्किन पाइनन् । उनको सुत्केरी हुने दिन नजिकिँदै गयो, लकडाउन लम्बिँदै गयो ।
गर्भमा जम्मा ३ महिनाको बच्चा थियो । यस्तो होला भनेर नत परिवारले सोँचे न आफन्तले । नयाँ बच्चालाई सन्सार देखाएर परिवारमा अर्को खुसी ल्याउने भिमाको सपना अधुरै रह्यो । पाठेघर भन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेको (ईक्टोफिक प्रेग्नेन्सी) कारण ढोरपाटन नगरपालिका–१ स्थायी घर भई कपिलबस्तुको बाडगंगामा बस्दै आएकी भीमा भुसाल पाण्डेले गण्डकी अस्पतालमा आफ्नो अन्तिम सास फेरिन् ।
गर्भवती रहेकी उनको पाठेघर बाहिर गर्भ बसेका कारण त्यसैको असरले उनको पाठेघरमा प्वाल पारेको चिकित्सकहरुले बताएका छन् । सुत्केरी ब्यथाले चापेपछि उनलाई आफन्तहरूले सोमबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र्पुयाए । उनको अवस्था जटिल थियो, ढोरपाटनमा सुत्केरी गराउन नसकिने अवस्था आएपछि पोखरा लैजान हेलिकप्टर मगाइयो ।
‘भिमाको पाठेघरभन्दा बाहिर नलीमा बच्चा बसेको थियो’, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘नली फुटेरभित्रै रक्तस्राब भयो, तुरून्त अपरेसन गरेर पेट सिलाउनुपर्ने अवस्था आयो ।’ हेलिकप्टरबाट भिमालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । अस्पताल र्पुयाउने बित्तिक्कै भिमालाई चिकित्सक टोलीले मृत घोषणा गरिदियो । चिकित्सकका अनुसार उनको निधन हेलिकप्टरमै भएको थियो । अस्पतालमा भिमाका श्रीमान र भाइ पनि साथै गएका थिए ।
१ छोरा र १ छोरीकी आमा भिमाले तेस्रो सन्तान जन्माउन जाने क्रममा हेलिकप्टरमै निधन भएको डा. मल्लले बताए ।
सोमबार बिहान नयाँ बर्षको पहिलो दिन । माईतीघरमा अरु बेलाको जस्तो नभए पनि नयाँ बर्षको रौनक थियो । तर भीमाको अनुहारमा बेचैन देखेपछि परिवारले सोधे ‘केही भएको छ ?’ ‘रिंगटा लागेको छ टाउको दुखेको छ भन्दै थिई’ भीमाका दाजु कमल भुसालले भने– ‘तत्कालै बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएससी) मा पु¥याईयो, त्यहाँ उपचार गर्दागर्दै प्रेसर कम भएको भन्दै पोखरा लैजान भन्नुभयो, ग्वालीचौरको खार पुगेका थियौं प्रेसर झनै कम भएपछि त्यहीँ रोकेर हेलिकप्टर मगाउने निधो भयो ।’
परिवारका अनुसार, उनलाई अस्पताल पु¥याउन ढिलो भएकै कारण भीमाले ज्यान गुमाउनु परेको हो । ‘नजिकैको पिएससी लान त हामीले ढिलो गरेनौं’ कमलले भने ‘सरकारी प्रक्रिया पु¥याएर हेलिकप्टर आउँदा बैनीलाई बचाउने समय घर्किसकेको रहेछ ।’ गण्डकी अस्पतालले भने उनी पुग्दानै मृत घोषणा भैसकेकाले उनको समस्याको बिषयमा कुनै जानकारी गराएको छैन उनीहरु लकडाउन पूर्व सपरिवार बुर्तिबाङ आएका थिए ।
भिमाका श्रीमान हालै मात्र वैदशिक रोजगारीबाट फर्किएका थिए । तेस्रो सन्तानलाई यो नयाँ सन्सारमा देखाउने उनको सपना अन्तत पुरा हुन सकेन । सबैतिर नयाँ वर्षको हर्षउल्लास छाएको बेला यो परिवारमा भने नयाँ वर्ष कालो दिन बनेर आयो । मृतक पाण्डेको दाहसंस्कारका लागि पोखराबाट सोमबारनै बागलुङ ल्याउने तयारी भैरहेको छ ।