भारतमा कोरोना आशंकित एक युवाद्वारा आत्मह*त्या

भारतमा कोरोना आशंकित एक युवाद्वारा आत्मह*त्या

Badigad Online
1 Min Read

नयाँदिल्ली वैशाख १ । भारतमा कोरोना आशंकित एक युवाले आत्मह*त्या गरेका छन् । भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आइतबार क्वारेन्टाइन सेन्टरको सातौं तलाबाट हाम फालेर आत्मह*त्या गरेको डीएनए इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकले कोभिड १९ संक्रमणको आशंका गरिएका एक युवाले गलगोटिया कलेजमा बनाइएको क्वारेन्टाइनको सातौं तलाबाट हाम फालेर आत्मह*त्या गरेको पुष्टि गरेका छन् । “कोरोना आंशका गरिएका ३२ वर्षीय एमडी गुल्जारलाई कोरोना आशंकमा क्वारेन्टाइनमा राखिएको थियो ।

उनको कोरोना परीक्षणको नतिजा आउन बाँकी छ । उक्त घटनाको छानबिन भइरहेको छ,“ उनले भने । मृतक गुल्जार गम्भीर मानिसक समस्यामा रहेको र घर जान चाहिरहेको थिए । उनले यसअघि पनि आत्मह*त्या गर्ने धम्की दिएको बताइएको छ । (डीएनए इन्डिया)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित